
एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगाको उपाधि यात्रालाई जीवितै राख शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाचलाई पराजित गरेको छ । डर्टमन्डले घरेलु टोली मोन्चेनग्लाडवाचलाई २–१ ले निराश पार्दै शीर्षस्थानको बायर्न म्युनिखमाथि दवाव सिर्जना गरेको हो ।
जितसँगै डर्टमन्डको २५ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको शीर्ष स्थानको बायर्नको ५१ अंक छ । पराजित मोन्चेनग्लाडवाच ४६ अंक जोडेर पाँचौ स्थानमा छ । बोरुसिया पार्क मोन्चेनग्लाडवाचमा डर्टमन्डको जितमा थोर्गन हजार्ड र अचरफ हाकिमीले गोल गरे । घरेलुु टोलीका लार्स स्टिन्डिलले एक गोल फर्काए ।
निकै नै प्रतिस्पर्धात्मक खेलको आठौं मिनेटमा थोगर्न हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनाएको थियो । हजार्डले यसै सिजन विन्टरमा अष्ट्रियन क्लब साल्जवर्गबाट अनुबन्धित भएका नर्वेजियन युवा फरवार्ड अर्लिङ ब्राउट हालान्डको पासमा गोल गोल गर्न सफल भएका थिए ।
हालान्डले डर्टमन्ड आएयता उच्च प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन डर्टमन्डबाट ८ खेलमा ९ गोल र एक असिस्ट दिएका छन् ।
५०औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । स्टिन्डिलले एलासाने प्लियाको पासमा गोल गर्न सफल भएका थिए ।
७१औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै डर्टमन्डलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । हाकिमीले जाडोन सान्चोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड २–१ ले विजयी हुन सफल भयो ।hamrokhelkud



