
काठमाडौं- विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले विशेषगरी दुई वटा कुरालाई विशेष जोड दिएको छ।
सही तरिकाले मास्कको प्रयोग गर्ने र राम्रोसँग हात धुने। सही तरिकाले र राम्रोसँग हात धोए कोरोनालगायत विभिन्न संक्रामक रोगबाट जोगिन सकिन्छ। तर अधिकांश मानिस सही तरिकाले धात हुने विधिबारे जानकार छैनन्। हातकै माध्यमबाट विभिन्न रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको छ।
सही तरिकाले हात कसरी धुने? हात राम्रोसँग सफा गर्दा कसरी विभिन्न रोगबाट बच्न सकिन्छ? यीलगायतका विषयमा स्वास्थ्य खबरकी कमला गुरुङले अल्का अस्पतालका इमरजेन्सी फिजिसियन डा. रामचन्द्र केसीसँग कुराकानी गरेकी छन्।
१. सही तरिकाले हात कसरी सफा गर्ने?
४० देखि ६० सेकेन्डसम्म हात धुन विश्व स्वास्थ्य संगठनको सुझाव
सकेसम्म ‘एन्टी–सेप्टिक ह्यान्ड वास’को प्रयोग गर्ने
पहिले दुवै हात रगड्ने
एउटा हातलाई उल्टो बनाएर अर्को हातले रगड्ने
दुवै हातको औंला–औंलाबीच रगड्ने
एउटा हातको औंला दोबारेर पछाडिको भागलाई रगड्ने
दुवै हातको औंला सफा गर्ने
हत्केलामा औंला राखेर घुमाउने
हात धोएपछि सफा कपडाले सुकाउने
२. सही तरिकाले हात सफा गर्न किन आवश्यक छ?
कोरोनालगायत अन्य संक्रामक रोगबाट बच्न
३. राम्रोसँग हात सफा गर्दा विभिन्न संक्रामक रोगबाट कसरी बचाउँछ?
हात मिलाउँदा एक व्यक्तिबाट रोग अर्को व्यक्तिमा सर्न सक्छ।
राम्रोसँग हात सफा गरे संक्रमित व्यक्तिको हातमा भएको किटाणु अर्कोमा सर्न दिँदैन।
४. कुन अवस्थामा हात सफा गर्नुपर्छ?
हात नाक, आँखा, मुखमा लैजानुअघि र पछि
बाहिर कुनै सामान छोएपछि, swsthyakhabarpatrika



