खबर

चक्रपथको तीन स्थानमा ‘फ्लाइओभर’

सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ ।

चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाए पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताए ।

‘सडक चौडा र स्तरीय बनाए पनि चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुलगायत मुख्यमुख्य चोकमा जाम बढेपछि फ्लाइओभरको योजना ल्याएका हौं ।’ शर्माले भने ।  नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button