खेलकुद

जिनोआसँग मिलान स्तब्ध

एजेन्सी – एसी मिलान इटालियन सिरी ‘ए’ मा जिनोआसँग स्तब्ध बनेको छ । (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण बन्द रंगशालामा मिलान घरेलु मैदानमै रेलिगेसन जोनका रहेको जिनोआसँग २–१ ले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा मिलानलाई स्तब्ध बनाउन गोरान पान्डेभ र फ्रान्सिस्को कासाटाले गोल गरे । मिलानका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले गोल गरेपनि हार टार्न सकेन । मिलानोमा खेलको सातौ मिनेटमा नै घरेलु टोली गोरान पान्डेभको गोलबाट पछि परेको थियो । गोरानले एन्टेनियो सानाब्रियाको पासमा गोल गरेका थिए ।

खेलमा एक गोलले पछि परेपछि मिलानले लगातार दवावमा राखेपनि जिनोआको बलियो रक्षापङ्ति तोड्न सकेन । बरु ४१औं मिनेटमा अर्काे गोल खान पुग्यो । लासी स्कनको पासमा फ्रान्सिस्कोले गोल गरेपछि मिलान पहिलो हाफमा २–० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि मिलानले जिनोआलाई लगातार दवावमा राख्दै एक गोल फर्काउन सफल भयो । ७७औं मिनेटमा ज्लाटनले गोल गर्दै मिलानलाई खेलमा फर्काउने संकेत दिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा मिलान घरेलु मैदानमै स्तब्ध बन्न पुग्यो । मिलानले खेलभर २३ आक्रमण बुनेपनि गोल गर्न असफल रह्यो ।

हारपछि मिलान ३६ अंकसहित सातौ स्थानमा रहेको छ । जिनोआले भने रेलिगेसन जोन छोडेको छ । लिससँग समान २५ अंक रहेपनि जिनोआ गोल अन्तरमा १७औं स्थानमा रहेको हो ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button