खबर

हिमालयन एयरलाइन्सको कतार उडान स्थगित, नेपाल एयरलाइन्सले आज निर्णय लिँदै

कतारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने क्रम तत्कालका लागि रोकिएको छ ।

यससँगै कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको सेवा पनि प्रभावित हुने भएको छ । निजी क्षेत्रको हिमालय एयरलान्सले काठमाडौँ–दोहा उडान हालका लागि स्थगित गरिसकेको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलबार निर्णय गर्ने बताएको छ ।

पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् । कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि प्रभावित भएका छन्।कतारमा हाल ३ लाख ५० हजार नेपाली कामदार छन् ।आर्थिक अभियान दैनिकमा  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button