एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि एक करोड डलरको आपतकालीन कोष घोषणा गरेका छन्।
यसमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने प्रस्ताव पनि मोदीले गरेका छन्।
संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने उनले बताए।
‘सार्क साझेदारहरुसँग हामीले रोग निगरानी सफ्टवेयर सेयर गर्ने छौं । र, त्यसलाई कसरी सञ्चालन गर्ने भनेर तालिम दिने छौँ,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘भारतले कोरोना महामारीको रुपमा फैलनबाट रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको ¥यापिड रेस्पोन्स टिम निर्माण गर्ने छ।’



