खबर

कोरोना भाइरस नियन्त्रणमा सेनाको सहयोग

काठमाडौं, (नेस)
विश्वभर नै माहामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेको प्रयासमा नेपाली सेनाले पनि सहयोग गर्न थालेको छ।
सैनिक मुख्यालय भद्रकालीमा सेनाले कोरोना उपचारका लागि १ सय ८ वटा बेडको व्यवस्था गरेको छ भने उपचारका लागि नेपाली सेनाको विभिन्न युनिटमा कार्यरत १ सय ३१ जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।

विपत् पूर्वतयारीका रूपमा सेनाले सजकता अपनाउँदै आएको जानकारी दिँदै सैनिक प्रवक्ता पाण्डेले भन्नुभयो– ‘कोरोना भाइरसको उपचारका लागि अपनाइने विधिका बारेमा सैनिक चिकित्सकहरूलाई दुईदिने तालिमसमेत दिइएको छ।’ सेनाले नेपाली सेनामा कार्यरत रही चीनमा अध्ययन गरेर नेपाल फर्केका स्वास्थ्यकर्मीलाई समेत उपचारमा परिचालन गरेको बताइएको छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button