
मेचीनगर ।
कोरोना संक्रमण र सन्त्रासले विश्वनै आज यसको चपेटामा परेको छ । अहिले सम्म यसको यकिन औषधी र तथ्य पत्ता नलागे पनि यसको संक्रमण र फैलावटबाट जोगिने उपयाको भने ब्यापक प्रचारप्रसार आबाश्यक छ र भैनैरहेको पनि छ । कोरोना भाइरस संक्रमण हुनबाट बाँच्न र बचाउनकै लागि यसका प्राथमिक सुरक्षाका विषयमा विविध प्रकारले प्रचार भइरहेको छ र यसको संकम्रणलाई रोक्न विश्वलेनै आज घना रुपमा हुने मानव आवतजावत रोक्ने कार्यलाई उच्च प्राथमिकताका रुपमा राखेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारी र नागरिक स्तरबाट प्रयत्न जारी रहेको छ । संक्रमणलाई थप फैलन नदिनका लागि नेपाल सरकारले बिभिन्न नाकालाई लक डाउन र नाका बन्द गर्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमणको रोकथामका लागि आज बिहानदेख नेपालको पूर्वीनाका काँकरभिट्टा बन्द गरिएको छ । नाका बन्द पछि यहाँका अधिकांश पसल र यातायात समेत प्राय ठप्प रहेकाछन् । फाटफुट रुपमा साना सवारी साधन सुचारु भएपनि बजार र यातायात सबै आज बिहानदेखि ठप्प रहेकाछन् ।








