स्वास्थ्य

फ्रान्सबाट नेपाल आएका एक नेपालीलाई कोरोना पुष्टि, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौं- फ्रान्सबाट फर्केकी एक नेपालीलाई कोरोना भाइरस पुष्टि भएको छ। उनको हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन्।

उनी १९ वर्षीय विद्यार्थी रहेकाे बताइएको छ। उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको देवकोटाले बताए।

उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। ६ जनाकाे नमूना परीक्षण गरिएकोमा १ जनाकाे रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

यसैबीच विदेशबाट आएका ७१ जनालाई क्वारेन्टाइनमा राखिएको पनि प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।swsthyakhabarpatrika

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button