खबर

भारतीय नाकाबाट ७ लाख यात्रुको आवातजावत, सीमानामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन

मधुसूदन रायमाझी, काठमाडौं।

कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले भारत र चीनतर्फको सबै नाका बन्द गरेसँगै सीमामा अलपत्र परेका नेपालीलाई स्वेदश आउन दिइने भएको छ।

सरकारले सीमा नाका बन्द गरेसँगै भारतबाट कोरोना भाइरसको त्रासबाट नेपाल आएका नेपालीलाई भने सरकारले परिचय खुल्ने कागजात देखाएर मात्र स्वदेश आउन दिने भएको हो। सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीलाई भने आउन दिने भएको छ।

गृह मन्त्रालयका एक पदाधिकारीले नेपाल प्रवेश गर्ने व्यक्तिले नेपाली नागरिक प्रमाणित हुने कागजपत्र देखाउनुपर्ने गरी आउन दिने निर्णय भएको बताए। उनका अनुसार विपद्को बेला देश सम्झिएर आउने नेपाली नागरिकहरूले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। सरकारले आइतबार बिहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरे पनि भारतबाट नेपाली आउने क्रम रोकिएको छैन।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सीमा अलपत्र परेका नेपालीलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिनुभएको छ। गृह मन्त्रालयका अनुसार भारतबाट नेपाल आएका सबै नेपालीको विवरण राखिनेछ।

क्वारेन्टाइनमा बसेका बेला स्वदेश फर्किएका नेपाली सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुने गरी व्यवस्था मिलाइएको गृह मन्त्रालयले बताएको छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button