खबर

नेपाल प्रवेश गर्नेक्रममा गौरीफन्टा नाकामा तनाव

धनगढी– कैलालीको त्रिनगर गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।

सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी लकडाउनको सूचना जारी गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको बताईएको छ ।

मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।

नाकाबाट प्रवेश गर्न खोज्नेहरुलाई अहिले दशगजा क्षेत्र कञ्चनपुरको डोकेबजारतर्फ धकेलिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो। भनेउता सरकारले समेत मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button