
भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको थियो। परीक्षणका लागि मंगलबार बिहान विमानबाट काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले जनाएको छ।नारायणी अनलाइन



