
मेचीनगर । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई रोक्नका लागि सरकारले मंगलबार बिहान ( आज ) बाट देशभरिका लागि लागू गरेको लकडाउनको प्रभााव नेपालको पूर्वी नाका काँकरभिट्टामा करिब सतप्रतिशतनै कार्यान्वयन भएको छ । बिहानदेखिनै काँकरभिट्टा बजार क्षेत्र र आसपासका क्षेत्रमा मानिसको चहलपहल प्राय शुन्यको अवस्थामा छ । सरकार र नागरिक सहकार्यको कारण यो संभव भएको काँकरभिट्टा खानेपानीका सचिव राजकुमार पराजुलीले चौतारी पोष्ट अनलाइनलाई बताए । नाका पूर्णतया ठप्प रहेको छ भने कुनैपनि सवारी साधन चलेका छैनन् । कोरोनाको संक्रमणबाट स्वयम यस क्षेत्रका नागरिकले सुरक्षित हुनका लागि सचेतता पूर्वक सावधानी अपनाएको पाईन्छ ।
सडक सुनसान अवस्थामा छ भने बजार क्षेत्र पूर्णतया बन्द रहेको छ । नाकामा समेत सरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेक अरुको उपस्थिति शुन्य रहेको छ । आजबाट शूरु भएको लकडाउनको पालना गरेर यस क्षेत्रका नागरिकले शुभ सन्देश दिएको राप्रपा मेचीनगरका सभापति शुशील आचार्यले बताए ।








