खबर

मेलम्चीका सबै योजना ठप्प, दशैंअघि काठमाडौंमा पानी आउन नसक्ने

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेका सबै काम रोकेका छौँ ।’

एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितीमा मेलम्ची खानेपानी आया््ेजना सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने योजनाअनुसार काम भइरहेको भएपनि कोरोनाका कारण ढिला हुनसक्ने कार्यकारी निर्देशक खत्री बताउँछन् ।  राजधानी दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button