एजेन्सी – पाँचपटकको विश्वविजेता ब्राजिलका लेजेन्ड आइकन खेलाडी काफुले आधुनिक फुटबलका हस्तीमध्येका एक अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनेल मेस्सीभन्दा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार अब्बल रहेको बताएका छन् ।
काफुले प्राविधिक क्षमतामा मेस्सीभन्दा नेयमार अब्बल रहेको बताएका हुन् । उनले नेयमार विश्वको टेक्निकल्ली प्रतिभाशाली खेलाडी रहेको समेत बताएका छन् ।
‘पीएसजीका सुपरस्टार नेयमारले खेल दौरान नै आफ्नो स्किल देखाउनु कुनै नौलो होइन । लियोले ६ पटक बालोन डि ओर जितेका छन् । तर, पनि नेयमार राम्रो स्किलले भरिपुर्ण खेलाडी हो । उनले आफ्नो खेल कौशलसँगै स्किलले दर्शकलाई मनोरन्जन प्रदान गर्ने गर्दछ ।’ काफुले भने, ‘यि स्टारले आफ्नो करियरभरी आफ्नो प्रबल क्षमता देखाइसकेका छन् । मलाई विश्वास छ । टेक्निकल्ली हिसावमा २८ वर्षीय नेयमार अन्य खेलाडीभन्दा अघि छ ।’

‘मेस्सी उत्कृष्ट खेलाडी हुन् । यसमा दुइमत छैन । उनले ६ पटक बालोन डिओर जितेर पनि स्पष्ट पारिसकेका छन् । उनको छुट्टै प्रशसंक छन् । तर, पनि जादुको बहाबमा उनी आफ्नै पूर्व सहयात्री नेयमार भन्दा पछि छन्,’ फक्स स्पोर्ट्ससँग काफुले भने ।
‘नेयमार यो मामलामा राम्रो छन् । प्राविधिक रुपमा नेयमार विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् । अहिले टेक्निकल्ली उनीभन्दा राम्रो खेलाडी छैन । यो मामलामा म पनि नेयमारको समर्थक हुँ ।’
यसै सिजन फ्रेन्च लिग वानको एक खेल दौरान नै नेयमारले टेक्निकल खेल खेल्दै डिफेन्डरलाई बिट गरेपछि रेफ्रीले पहेँलो कार्ड समेत देखाएको थियो । चोटसँग जुधिरहेका नेयमारले यो सिजन १६ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि २१ गोल गरेका छन् । आउँदो समरमा यि दुई खेलाडीबीच पुर्नमिलन हुने सम्भावना छ । बार्सिलोनाले आफ्ना पुर्व स्टार नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।



