खेलकुद

बार्सिलोनाले ब्रेथवेटलाई नराख्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै विन्टरमा अर्काे स्पेनिस क्लब लेगानेसबाट आकस्मिक अनुबन्धन गरेका फरवार्ड मार्टिन ब्रेथवेटलाई बेच्ने तयारी गरेको छ । क्याटलान क्लब बार्सिलोनाले डेनिस फरवार्ड ब्रेथवेटलाई अनुबन्धन गरेको एक महिनामै बेच्ने निर्णय गरेको हो ।

उनी १५ मिलियन पाउण्डमा लेगानेसबाट २०२४ सम्मको लागि बार्सिलोना आएका थिए । तर, क्लबले उनलाई आउदो समरसँगै नराख्ने निर्णय गरेको हो । बार्सिलोनाले ब्रेथवेटलाई आकस्मिक अनुबन्धन गरेको थियो । फरवार्ड औसमाने डेम्वेले र अर्काे फरवार्ड लुइस सुआरेजले चोट बोक्दै करिव ४ महिनाभन्दा मैदान बाहिर रहने भएपछि नियमअनुसार बार्सिलोनाले ला लिगा खेलिरहेको क्लबबाटै ब्रेथवेटलाई अनुबन्धन गरेको थियो ।

उनले बार्सिलोनाबाट तीन ला लिगा खेल खेलिसकेका छन् । तर, उनले सुरुवाती तीन खेलमा आफ्नो छाप छोड्न खासै सफल भएन । उनले यो सिजन लेगानेस र बार्सिलोनाबाट ३० खेल खेल्दै ८ गोल र १ असिस्ट दिएका छन् । त्यसैले पनि बार्सिलोना ब्रेथवेटलाई बेच्ने निर्णयमा पुगेको अनुमान लगाउन सकिन्छ ।

स्पेनिस पत्रिका स्पोर्ट्सको अनुसार ब्रेथवेटलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब एभर्टन र वेस्टह्यामसँगै इटालियन सिरी ‘ए’ क्लब टोरिनो र सासुलोले समेत ब्रेथवेट अनुबन्धनमा चासो देखाएका छन् ।

पछिल्लो समय विश्वव्यापी बनेको कोरोना भाइरसका कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । स्पेनिस ला लिगा अप्रिल ३० सम्म स्थगित छ । झन्डै दुई महिना लिग रोकिएसँगै क्लबहरु आर्थिक संकटमा पर्ने सम्भावना छ । त्यसैले पनि क्लबले खेलाडीको पारिश्रमिक कटौती गर्ने तयारी गरिरहेको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button