खेलकुद

तलब घटाउन रोनाल्डो तयार !

एजेन्सी – कोरोना भाइरस कोभिड १९ ले विश्व व्यापी महामारीको रुप लिएपछि त्यसको प्रभाव संसारका सबै क्षेत्रमा परेको छ । फुटबलमा पति त्यसको प्रभाव स्वभाविक रुपमा पर्नेछ । फुटबलका सबै गतिविधि ठप्प छन् ।

हालै युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि आफ्नो पारिश्रमिक कटौतीका लागि राजी भएका छन् । थुप्रै क्लबले अहिले खेलाडीको पारिश्रमिक कटौती गर्नुपर्ने अवस्था सृजना भएको छ । फुटबल रोकिएपछि क्लबहरुको आम्दानीमा प्रत्यक्ष असर परेको छ ।

युभेन्ट्सबाट लिने पाश्रिमिक मध्ये रोनाल्डोको ३.८ युरो मिलियन कटौती हुने बताइएको छ । युभेन्टसका कप्तान जर्जियो चिलिनी र पोर्चुगिज सुपर स्टारबीचको छलफल पछि पारिश्रमिक कटौतीमा सहमति बनेको थियो । यससँगै युभेन्टसले आफ्ना स्टाफहरुलाई भने पूर्ण पारिश्रमिक दिने आधार सिर्जना हुनेछ ।

रोनाल्डोले वार्षिक रुपमा ३१ मिलियन युरो पारिश्रमिक लिँदै आएका छन् । रोनाल्डो मात्र होइन क्लबका अन्य खेलाडी पनि पारिश्रमिक कटौतीका लागि तयार भएको बताइएको छ । उनीहरुको पारिश्रमिकमा १२ प्रतिशत कटौती हुने जनाएको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button