खबर

जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा निर्माणधीन सबै आयोजनाको निर्माण ठप्प भएपछि श्रमिक कामविहीन बनेका हुन् ।

श्रमिकहरु कामविहीन हुनुका साथै तत्कालै काम सुचारु गर्न नसके निर्माणाधीन आयोजनामा लागेको २ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी जोखिममा पर्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले जनाएको छ ।  राजधानी दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button