मेचीनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउनलाई थप प्रभावकारी बनाउन खटिएको झापाको काँकरभिट्टा स्थित ईलाका प्रहरी कार्र्यालयको कार्यशैलीलाई यहाँका आम नागरिकले मुक्तकण्ठले प्रशंसा गरेकाछन् । सरकारले लागू गरेको लक डाउनको मिति देखिनै सकृया रहेको काँकरभिट्टा प्रहरीको तदारुकतालाई कर्तब्यप्रतिको दत्तचित्त कर्म हो भन्दा अन्यथा नहोला । कोरोनाको यो सन्त्रासमय घडीमा समेत बिहानदेखि राती सम्म नागरिकमा कोरोना सम्बन्धि जानकारी सहितको सूचनाको सम्प्रेशण र नागरिकमैत्री ब्यबहारका कारण यहाँको सिङ्गो प्रहरी परिवार अहिले नागरिकको धन्यबादको पात्र बनेको छ ।
मुख्य गरेर काँकरभिट्टा प्रहरीले अहिले आफुलाई मुस्कान सहितको प्रहरी सेवाको नारालाई सार्थक बनाएको यहाँका नागरिक अगुवाको भनाई रहेको छ । नाकामा रहेको प्रहरी अक्सर दोष मुक्त बन्दैन तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लक डाउनलाई थप प्रभावकारी बनाउन खटेको ईप्रका काँकरभिट्टा प्रहरीको यति बेलाको गतिविधी र कार्यशैलीले प्रहरीप्रति यहाँका नागरिकले बनाएको आम दृष्टिकोण र बुझाई भन्दा फरक बनेको छ । प्रहरीले अहिले आफ्नो सवारी साधनबाट अधिकांश समय कोरोना भाइरस सम्बन्धि जानकार र यसबाट नागरिकले अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका विषयमा आफ्नो अधिकांश समयलाई खर्चिने गरेको छ भने बिहानदेखि राती सम्म नाकाको सुरक्षा, नियमित सुरक्षा र नागरिकसँगको नागरिकमैत्री ब्यबहारलाई समेत एक साथ लिएर अघि बढेको देखिन्छ ।
0 19 1 minute read



