एजेन्सी – नेयमारलाई जुन सुकै समयमा पनि आफुहरु क्लबमा स्वागत गर्न तयार रहेको बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले बताएका छन् । बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार र इन्टर मिलानबाट लाउराटो मार्टिनेजलाई ल्याउन गरिरहेको प्रयासमा उरुग्वेली फरवार्ड स्वारेजले समर्थन गरेका छन् ।
नेयमार र मार्टिनेजलाई बार्सिलोनाले नयाँ सिजनमा भित्राउने सम्भावना छ । यद्दपी कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न नयाँ परिस्थितिले क्लबको आर्थिक अवस्थामा कति असर गर्न अहिले भन्न सकिने अवस्था छैन ।
स्वारेजले पनि अहिलेको समयमा ट्रान्फरका विषयमा अनुमान गर्न कठिन हुने बताएका छन् । कोरोनाको बढ्दो संक्रमणलाई फैलनबाट रोक्नका लागि विश्वका अधिकांश देश लकडाउनको अवस्थामा छ । जारी सिजनका सबै प्रतियोगिता स्थगित छन् ।
‘विश्वले अहिले जुन चुनौतिको सामना गरिरहेको छ । यस्तोमा खेलाडीका विषयमा छलफल गर्न कठिन छ,’ उनले भने, ‘यहि खेलाडी नै आउँछ भनेर अहिलेको समयमा यस्तै हुन्छ भन्न सक्ने अवस्था छैन । ‘
स्वारेजले बार्सिलोनामा नेयमारको प्रभावका कारण उनलाई जुनसुकै समयमा पनि स्वागत हुने दोहोराए । ‘म उनीहरु कस्ता खेलाडीह हुन् भन्न सक्छु । दुवै ठूला खेलाडी हुन् । नेयमारलाई हाम्रो सबैले राम्ररी चिन्छौं’, उनले थपे, ‘उनी हुँदाको ड्रेसिङ रुमको माहोल उत्साहजनक हुन्छ । उनले सबैलाई उर्जा दिन सक्छन् ।’
स्वारेजले मार्टिनेजका बारेमा भने, ‘उनले इटालीमा आफुलाई थप निखारेका छन् । उनले आफु कति क्षमतावान स्ट्राइकर हो भन्ने देखाइरहेका छन् ।’hamrokhelkud/from



