

मनकारी मनहरु
मेचीनगर । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउनमा बिचल्ली र अलपत्रमा परेका करिब ६० साठी जना यात्रुलाई । झापा मेचीनगर काँकरभिट्टा स्थित होटल ब्यबसायी संघको संयोजनमा भोजन सुविधा उपलब्ध गराईएको छ । होटल ब्यबसायी संघ मेचीनगरको संयोजनमा उनीहरुलाई बिहान र बेलुकीको खाना नि शुल्क उपलब्ध गराईएको स्थानिय होटल ब्यबसायी ध्रुब गिरीले बताए ।
उनका अनुसार होटल ब्यबसायी संघ मेचीनगरको अगुवाईमा स्थानिय ब्यबसायीकै पहलमा खाना पकाउने र बाँडिने गरेको समेत उनले बताए। स्थानिय अन्य मनकारीहरुको सहयोग मेस संचालन गरिएको उनले बताए । करिब साठी जना यात्रा लक डाउनको दिन देखि काँकरभिट्टामा आर्थीक अभावले बिचल्लीमा परेका थिए ।



