मूल खबर

पेप्सीकोलामा र्‍यापिड टेष्टमा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट

काठमाडौं- काठमाडौंकाे पेप्सीकोलामा एकै परिवारका तीन जनामा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षण पोजेटिभ देखिएको छ ।

हालै बेलायतबाट फर्किएका उनीहरुमा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसाेलेशनमा राखिएको हो ।

अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्न लागेको अस्पतालका निर्देशक शर्माले बताए । डा शर्माका अनुसार उनीहरु केही समय अगाडि बेलायतबाट नेपाल आएका हुन्।

उनीहरुमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण पोजेटिभ देखिएपछि अहिले उनीहरु बसेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट सील गरिएको छ । सो क्षेत्रमा प्रहरीले उच्न निगरानी समेत बढाएको छ ।खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button