ललितपुर ।
कोरोना भााइरसको संक्रमण तथा नियन्त्रणका लागि नेपालसरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज( मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको वालुवाटार स्रोतले जनाएको छ ।
नेपाल सरकारले गएको चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय भोली बुधबार सकिँदैछ । तर, कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
आज मंगलबार सम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने आज (मंगलबार )मात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।



