स्वास्थ्य

टिचिङका डाक्टर कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

नारायण अधिकारी

काठमाडौं- ड्युटी सकेर फर्किएका डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन गएिको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरमाथि कुटपिट भएकोबारे स्वास्थ्यखबरले समाचार प्रसारण गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको हो।

रानीपोखरीका एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीसम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

उक्त समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि कुटपिट गर्ने प्रहरीमाथि कारबाही गरिने प्रहरीले जनाएको छ।

बुधबार साँझ ड्युटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्रहरी वृत्त महााजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कुटपिट गरेका थिए। लकडाउनका बेला बाहिर निस्केको भन्दै प्रहरीले उनीहरुमाथि लाठी बर्साएको थियो । तर डाक्टरहरुले भने आफू डाक्टर भएको र ड्युटी सकेर आएको बताएका थिए। प्रहरीले भने पुलिसको लाठीले डाक्टर चिन्दैन भन्दैे कुटपिट गरेको पीडितले बताएका छन्। प्रहरीको लाठीबाट डाक्टरकोे हात र ढाडमा चोट लागेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साल भने नकुटेको, बरु लखेटेको मात्रै दाबी गर्छन् ।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button