कलाभिडियो चौतारी

अनुपूजन, जसको जिन्दगी जोडिएको छ संगीतसँग

मेचीनगर । एउटा जोडी जसको आफ्नो जिन्दगी त छदैछ , जिवन, प्रेम, जगत र परिवार र उनीहरुको छदैछनै तर अनौठो फेरि यहाँ छ कि उनीहरु दुबैको जिन्दगी जोडिएको छ संगीतसँग । उनीहरु अर्थात अनुपमा प्रधान र पूजन ल्वागुन ।

आफ्नो निजि जिवनको यात्रामा अनुपमा र पूजनको आफ्नै जिवन भोगाईको कथा त आम मानिसको जस्तैनै हुने भै गयो तर दुबै जोडीको अटुट नाता भए जस्तो अर्को एउटा नातामा उनीहरु दुबै बाँधीएका छन् संगीतसँग जसलाई उनीहरु अर्थात अनुपूजन अहोरात्र निरन्तरता दिइरहेकाछन् जो नातासँग लाग्छ उनीहरु कहिल्यै टाढा हुने कल्पना सम्म पनि गर्दैनन् जसको जिवन्त प्रमाण देखिन्छ अनुपमा र पूजनको संगीत प्रेम, झुकाव, निरन्तरता र साधनाले ।विश्व अहिले कोरोनाको कहरमा त्रासमय छ, आम मानिसको जिवन लकडाउनसँग दैनिकी बन्न थालेको छ । तर, यही लकडाउनमा पनि उनीहरुले आफ्नो साधनाकर्मलाई निरन्तर अगाडि बडाईनै रहेकाछन् ।

कोरोनाको त्रासमा संभावित रुपमा उठ्न सक्ने मानसिक प्रभावलाई सकारात्मक पार्नका लागि संगीतको अथाह शक्तिले समाजमा केही न केही योगदान गर्न सक्छ भन्ने हेतुलेनै लकडाउनमा पनि अनुपमा र पूजनले आफ्नो कला र सृजना सामाजिक सञ्जाल मार्फत बाहिर ल्याइनै रहेकाछन्। संगीतका माध्यामद्धारा पनि यो समयमा समाज कलाकारहरुले आम मनोबिज्ञानमा सकारात्मक प्रभाव दिन सक्छ भन्ने जोडी कलाकारको यो लकडाउनको संगीतकर्मले बिथोलिएका मनमा मल्हमको काम भने पक्कै पनि गर्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button