
काठमाडौं । कोभिड–१९ संक्रमणले सवारी साधन नचल्दा सर्वसाधरण मजदुरहरु लामो दुरीसम्म हिड्न बाध्य छन् । सर्वोच्च अदालतले मजदुरहरुलाई गन्तव्यमा पुर्याउन निर्देशन दिएपनि हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन झनै कडा पार्न भने । तर प्रमुख जिल्ला अधिकारीले स्वीकृतिमा चितवन, कालिका नपा वडा नंम्बर ६ बस्ने पुरुषोतम कडेललाई दुई वटा ट्रिपरलाई पास दिएका छन् । जन ट्रिपरले धमाधम गिट्टी ओसारपसार गरिरहेको छ ।
कोरोना संक्रमणको विरामी धमाधम भेटिन थालेपछि चितवन, रत्ननगर १३ शान्तिटोलबासीले ट्रिपरले गिट्टी लिएर आइरहेको अवस्थामा आफ्नो नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । ना ८ ख ४७२६ र ना ८ ख ५८७५ ती ट्रिपर चालकको साथमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको हस्ताक्षरको स्वीकृति पत्र रहेको थियो । टोल समितिका अध्यक्ष झनक पौडेल प्रश्न गर्छन, ‘हामी गाउँलेलाई विरामी पर्दा मोटरवाइकमा अस्पताल लैजान समेत दिदैनन्, तर यसरी निर्वाध रुपमा ट्रिपरलाई गिट्टी बोक्न चाही कसरी मिल्यो ?’
स्वीकृति पत्रमा कडेलले नीजि निवास निर्माणकालागि गिट्टी बालुवा बोक्नभनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा प्रशासनले सुरक्षा अपनाई काम गर्नु भनी स्वीकृति दिएको छ ।halokhabar.com/from



