कला

लकडाउनको समयमा ‘लकडाउन रन्डेभु विथ सम्पदा’

फिल्मीखबर, काठमाडौं,
लकडाउनको समयमा सबैले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट काम गरिरहेका छन् । यो आफैमा एउटा नयाँ प्रयोग हो र डिजिटल क्रान्तिको थालनी पनि हो । लकडाउन सकिएपछि पनि आजको व्यस्त समयमा यस्तो नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि यतिबेला देखिएको छ । यसैबीच लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउने उद्देश्यका साथ ‘रन्डेभु वीथ सम्पदा’ नयाँ कार्यक्रम शुरु भएको छ ।

चर्चित नेपाली टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको एस आर बी एन मिडियाले निर्माण गरेको यो कार्यक्रम लेखिका तथा सिनेकर्मी सम्पदा मल्लले सन्चालन गर्नेछिन् । यस कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वहरुसँग लकडाउनले उनीहरुको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिने बताईएको छ ।

‘यो लकडाउनले धेरै मानिसहरुमा नकारात्मक भावनाहरु, भविश्यको चिन्ताहरु पैदा भइरहेको छ । यो कार्यक्रमले सबैलाई हाँसो, उत्साह र प्रेरणा दिन सके यो कार्यक्रम सफल भएको ठान्नेछु’ कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् ।

‘हामीले लकडाउनकै समयमा मझेरी नामक लकडाउन कविता प्रतियोगिता आयोजना गर्यौ । त्यसैको सफलताले यो कार्यक्रम गर्ने हौसला दियो। अहिले लकडाउनको समयमा हामीलाई मनपर्नै सेलिब्रेटीहरुले कसरी समय काटिरहेका होलान् भन्ने कौतुहुलता सबैमा छ । यही आइडियाले यो कार्यक्रम जन्मायो’, एस आर बी एन मीडियाकी क्रियेटिभ डिरेक्टर सुरक्षा अधिकारीले बताईन् ।

गुन्द्रुक नामक युट्यूब च्यानलमा हरेक दिन प्रशारण हुने यस कार्यक्रममा चर्चित व्यक्तित्वहरु दिपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरज सिङ्ग ठकुरी, सत्य स्वरुप, अनुप बराल, दीया मास्के, विपिन कार्की आदिले सहभागिता जनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button