खबर

लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई

न्यु अफ नेपाल,काठमाडौँ ।

आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ।लकडाउनबारे भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ।

सरकारले पछिल्लो पटक थपेको लकडाउन बैशाख १५ गते सम्म रहने छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका बसेको बैठकले आन्तरिक तथा वाह्य उडान भने जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

यस्तै कोरोनाको परीक्षण तथा उपचारलाई प्रभावकारी बनाउने तथा औषधिजन्य सामग्रीको आपूर्तिलाई देशभर सहज बनाउने छलफलसमेत बैठकमा भएका बताईएके छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button