खबर

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीद्वारा अस्वीकार

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्यनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरिर बन्दकसम्बन्धी जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको छ।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु जाहेरी दिन टेकु पुगेका थिए ।

प्रहरीले जाहेरी लिन नमानेपछि टेकु पुगेका सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरू फर्किएका छन्। खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button