मूल खबर

बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

न्युज अफ नेपाल,काठमाडौं ।

लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो। हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button