स्वास्थ्य

कोरोना अपडेट : संक्रमितको संख्या २९ लाखभन्दा बढी

काठमाडौं– विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख पुगेको छ।

नेपाली समय अनुसार दिउसो साढे २ बजेसम्म संक्रमित हुनेको संख्या २९ लाख ४ सय २२ पुगेको हो।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख ३ हजार ५५ पुगेको छ। अमेरिकामा ५४ हजार २ सय ६४ जना मानिसको मृत्यु भएको तथ्यांक छ।

विश्वमा ८ लाख २२ हजार ६ सय ७६ जना मानिस निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा र अमेरिकामा एक लाख भन्दा बढी मानिस निको भइसकेका छन्। जर्मनीमा १ लाख ९ हजार ८ सय र अमेरिकामा १ लाख ५ हजार ८ सय १८ जना मानिस निको भएर घर फर्किसकेका छन्। नेपालमा निको हुनेको संख्या १६ पुगेको छ।

कुन देशमा कति संक्रमित
अमेरिकामा ९ लाख ३९ हजार २ सय ४९ जना संक्रमित भएका छन्।

स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित भएका छन्।

इटालीमा संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ पुगेको छ।
फ्रान्समा १ लाख ६१ हजार ६ सय ४४ जना मानिस संक्रमित भएका छन्।

जर्मनीमा संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ५ सय १३ पुगेको छ।

युकेमा १ लाख ४९ हजार ५ सय ६९जना संक्रमित भएका छन्।

टर्कीमा १ लाख ७ हजार ७ सय ७३ जना संक्रमित भएका छन्।

इरानमा संक्रमितको संख्या ८९ हजार ३ सय २८ रहेको छ।

चीनमा ८३ हजार ९ सय ९ जना मानिस संक्रमित भएका छन्।

रसियामा ७४ हजार ५ सय ८८ जना मानिस संक्रमित भएका छन्।

ब्राजिलमा संक्रमितको संख्या ५९ हजार ३ सय २३ पुगेको छ।

क्यानाडामा ४५ हजार ४ सय ९३ जना संक्रमित भएको तथ्यांक छ।

बेल्जियममा ४५ हजार ३ सय २५ जना मानिस संक्रमित भएका छन्।

नेदरल्याण्डमा संक्रमितको संख्या ३७ हजार ३ सय ८४ पुगेको छ।

स्विजरल्याण्डमा २८ हजार ८ सय ९४ जना मानिस संक्रमित भएका छन् ।

भारतमा संक्रमितको संख्या २६ हजार ४ सय ९६ पुगेको छ।

नेपालमा ५१ जना मानिस संक्रमित भएका छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button