खेलकुद

पीएसजीले च्याम्पियन्स लिग ‘न्युट्रल भेन्यु’मा खेल्नुपर्ने

एजेन्सी – फ्रान्स सरकारले मंगलबार फ्रान्समा आगमी सेप्टेम्वरसम्म फुटबलका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रान्सको शीर्ष डिभिजनको फ्रेन्च लिग वान र दोस्रो डिभिजनको फ्रेन्च लिग टु फुटबल रद्ध भएको छ ।

फ्रेन्च लिग वान रद्ध भएपनि लिग वानका दुई टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोन युरोपियन क्लब फुटबलको चर्चित युइएफए च्याम्पियन्स लिगमा रहेका छन् । फ्रान्समा सेप्टेम्वरसम्म सबै खेल गतिविधि बन्द हुने भएपछि अब यि दुई टोलीले घरेलु मैदानमा हुने खेलहरु अवे मैदानन ‘न्युट्रल भेन्यु’ मा खेल्नुपर्ने भएको छ ।

पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । लियोनले प्रि–क्वाटरफाइनलमा इटालियन जाइन्ट युभेन्टसविरुद्ध पहिलो लेगमा १–० को अग्रता लिएको छ । युइएफएले घरेलु लिगपछि च्याम्पियन्स र युरोपा लिग गर्ने तयारी गरिरहेको छ । यस्तोमा लियोनले पनि क्वाटरफाइनलको यात्रा तय गरेको अवस्थामा क्वाटरफाइनलको होम म्याच पनि न्युट्रल भेन्युमा खेल्नुपर्नेछ ।

पीएसजीले प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–१ ले पछि परेपनि दोस्रो लेगमा २–० को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । पीएसजीका अध्यक्ष नासिर अब खेलाफीले फ्रान्स सरकारको निर्णयलाई स्वागत गर्दै पीएसजीले च्याम्पियन्स लिगको घरेलु मैदानमा हुने खेल न्युट्रल भेन्युमा खेल्न तयार रहेको बताएका छन् ।

‘हामी फ्रान्स सरकारको निर्णयलाई स्वागत गर्छाै । हामीले च्याम्पियन्स लिग पनि खेल्नुपर्नेछ । फ्रान्स सरकारले सेप्टेम्वरसम्म फ्रान्समा फुटबलमा प्रतिबन्ध लगाएपछि हामीले घरेलु मैदानमा खेल्ने सम्भव नै भएन । हामी खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै न्युट्रल भेन्युमा खेल्न तयार छौं ।’ अध्यक्ष खेलाफीले भने ।

यसअर्थ पीएसजीले क्वाटरफाइनलको पक्का र सेमिफाइनल पुग्न सकेको अवस्थामा अर्काे होम म्याच न्युट्रल भेन्युमा खेल्नुपर्ने हुन्छ ।
पीएसजीले फ्रेन्च लिग वानमा पनि १२ अंकको स्पष्ट अग्रता लिएको थियो । फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलएफपी) को मे महिनामा बस्ने बैठकले पीएसजीलाई उपाधि सुम्पने निर्णय गर्न सक्नेछ । यस्तै घटुवा र बढुवाको निर्णयसँगै अर्काे सिजनको लागि च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिम छनोट गर्न सक्नेछ ।

पीएसजीलाई उपाधि दिएको खण्डमा पीएसजी पछिल्लो आठ सिजनमा सातौ पटक फ्रेन्च लिग वान च्याम्पियन बन्नेछ । एक सिजन मोनाको च्याम्पियन बनेको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button