
लकडाउनले रोकिएका नेपाली नेपाल भारतको पूर्वी भारतीय नाका पानीटेंकीबाट भन्छन् ‘ हाम्रो चिन्ता नलिनुहोस ,हामी सुरक्षित छौ ’
काँकरभिट्टा । कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतले लागू गरेको लकडाउनका कारण भारतको पश्चिम बंगाल राज्यको नेपाल भारत सीमानाका पानीटेंकीमा समेत दर्जनौँको संख्यामा नेपाली रहेकाछन् । पश्चिम बंगालको नेपाल प्रबेश गर्ने नाका दुलालजोत स्थित पानीटेंकी बजारमा अहिले लकडाउन लागू भएदेखि दर्जनौँ नेपाली रोकिएको कालीकोटका पलाता गाउँपालिका घर बताउने सन्तोष बम ठकुरीले चौतारी पोष्ट अनलाइनलाई फोन मार्फत जानकारी गराएकाछन् ।


करिब एक महिनादेखि नेपाल भारतको सीमा नाका पश्चिम बंगालको पानीटेंकी बजारमा रहेका उनीहरु पुरुष र महिला गरि करिब ८७ जना रहेको ठकुरीले बताए । खाना र बस्नको सुविधा आफुहरुलाई भएको र अहिले सम्म सबैको स्वास्थ अवस्था समेत राम्रो रहेको ठकुरीको भनाई रहेको छ । केही दिन अघि मात्र सो नाकामा नेपालीहरु लकडाउनका कारण रोकिएको जानकारी भएपछि मेची अभियानले समेत करिब १५ हजार बराबरको खाध्यान्न उपलब्ध गराएको अभियानका अभियानकर्मी बिजय डालमियाँले चौतारी पोष्ट अनलाइनलाई बताए । स्थानिय प्रशासन र नागरिकहरुको सहयोगमा आफुहरुलाई खाना र बस्नका लागि राम्रो प्रबन्ध गरिएको समेत शन्तोषले बताए ।



