खबर

अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्ने

काठमाडौं ।

सरकारी वकिलले कालोबजारी गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थपकारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालले वर्तमान गम्भीर परिस्थितिमा पनि कालोबजारी गरेको उल्लेख गर्दै सरकारी वकिल सिर्जना ढकालले अग्रवाललाई थुनामा नै राखेर मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गर्नुभएको हो ।

कालोबजारी गरेको आरोप लागेका अग्रवालले कालोबजारी तथा केही सामाजिक सुधार ऐन–२०३२ विपरीतको कार्य गरेको आरोप लगाई सरकारले मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारले दायर गरेको अभियोगपत्रमा उक्त ऐनको दफा २ को खण्ड (क), दफा ३, दफा ५ लगायत बमोजिम कारबाही हुन माग गरेको थियो। दफा २ को खण्ड (क) मा कुनै वस्तुको तोकिदिएको मोलभन्दा बढी मँल्यमा सामान बिक्री गर्न नुहने उल्लेख गरिएको छ ।

दफा ३ मा कुनै पनि वस्तुको सयकडा २० भन्दा बढी नाफा हुने गरी बिक्री गर्न नहुने प्रावधान राखिएको छ । दफा ५ मा बजारमा कृत्रिम अभाव हुने गरी कुनै पनि वस्तुको सञ्चय गर्न र त्यस्तो वस्तु बढी नाफामा बिक्री गर्न नहुने स्पष्ट गरिएको छ ।

व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको छ । सरकारले अग्रवालविरुद्ध १५ लाख ७८ हजार ९ सय १३ रुपियाँ ७ पैसा बिगो कायम गरेको छ । कसँर गर्दा प्रयोग गरेको २०९–एचसीसी–१ नम्बरको पजेरो गाडी र बरामद भएको थर्मल गन जफत गर्न अभियोगपत्रमा माग गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक सहकुल थापाको नेतृत्वमा स्टिङ अप्रेसन गरेर अग्रवाललाई रङ्गेहात समातिएको थियो । त्यस बेला सुलभ अग्रवालले बिल पनि दिन मानेका थिएनन् । चेकमा पनि कारोबार गर्न मानेका थिएनन् । उनले जति नगद छ त्यतिको मात्र थर्मल गन बिक्री गर्न खोजेका थिए ।

१२ सय वटा थर्मल गन करिब रु. २४ सयमा चीनबाट ल्याएकोमा प्रायः ८ हजार ५ सयले भ्याट बिल नै काटेर विभिन्न रिटेलरलाई बेचेको सुलभ अग्रवालको दाबी छ । धेरै त उनले आफन्त र साथीलाई सित्तैमा दिइसकेको पनि जानकारी गराए । सुलभलाई २० हजार थर्मल गन चीनबाट ल्याएर १२ सयवटाको मात्र भन्सार तिरेको पनि आरोप छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि घेराबन्दीमा

व्यापारी अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थालेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार अग्रवालविरुद्ध विभागले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

गैरकानुुनीरूपमा सम्पत्ति आर्जन गरेको आशंका भएमा विभागले सम्बन्धित व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाउने गर्दछ । विभागले बुधबार पत्र पठाई अग्रवाल छुटीजाने भएमा आफँसमक्ष पठाइदिन माग गरेको बताइएको छ । विभागले अग्रवालविरुद्ध प्रारम्भिकरूपमा अनुसन्धान थालेको बुझिएको छ ।
अग्रवालविरुद्धको बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा नै पठाइएको छ । आज बिहीबार पुनः अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

‘अग्रवालमाथि गम्भीरताका साथ अनुसन्धान गर्छौं’

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक रूपनारायण भट्टराईले कारोनाको संकटमा कालोबजारी गर्ने जगदम्बा गु्रपका सञ्चालक सुलभ अग्रवालको विषयमा छानबिन गर्न पत्र प्राप्त भएको बताउनुभयो ।

उहाँले सरकारी वकिलको कार्यालयबाट पत्र प्राप्त भएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब विभागले गम्भीरताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ ।’

घटनाको अवस्थालाई मध्यनजर गर्दै प्राथमिकताका साथ अग्रवालको सम्पत्ति छानबिन हुने बताउँदै महानिर्देशक भट्टराईले अनुसन्धान पँरा गरेर आवश्यकताका आधारमा अदालतको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

उहाँले घटनाको सबै मिसिल अध्ययन गरेर अग्रवालका बोरमा अनुसन्धान अगाडि बढ्ने बताउँदै गलत काम गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही हुने बताउनुभयो ।नेपाल समाचारपत्र,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button