
एजेन्सी – नेदरल्यान्ड तथा डच क्लब आयाक्समा युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपको ठुला क्लबहरु स्पेनको रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसले चासो देखाएको छ ।
यो दौडमा म्याड्रिड सबैभन्दा अघि देखिदा म्यानचेस्टर युनाइटेड र युभेन्टस डोनीलाई रियलबाट हाइ ज्याक गर्ने योजनामा छ । डोनीको अनुबन्ध मुल्य ४४ मिलियन पाउन्ड तोकिएको छ । योहान क्रुएफ एरिनामा डोनीको सम्झौता २०२२ को समरसम्म रहेको छ ।
आयाक्स अघिल्लो सिजन अविश्वनीय रुपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा डोनी टोलीका मुख्य सदस्य रहेका थिए । उनले पनि आयाक्स छोड्ने र क्लबले पनि रिलिज गर्ने तयारी गरेको छ । यसअघि आयाक्सका स्टार खेलाडीहरु फ्रान्की डि जोङ र म्याथ्थिज डि लेग्टले क्लब छाडिसकेका छन् । हाकिम जियाचले चेल्सीसँग सम्झौता गरिसकेका छन् । अब डोनी पनि बाहिरिने तर्खरमा रहेका छन् ।
स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार रियल म्यानचेस्टर र युभेन्टसले २३ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्ने चासो देखाएको छ । रिपोर्ट अनुसार रियलले डोनीसँग प्रि–सम्झौता गरिसकेको उल्लेख गरेको छ । तर, युनाइटेड रियलबाट डोनीलाई हाइ ज्याक गर्ने तयारीमा छ ।युनाइटेड अर्काे सिजन आफ्नो मिडफिल्ड बलियो बनाउने योजनामा छ । यसअघि गत जनवरीमा ब्रुनो फर्नान्डेज अनुब्नध भएपछि युनाइटेडको मिडफिल्ड सुध्रिदै गएको छ ।
यस्तै युभेन्टसले पनि डोनीलाई चासो दिइरहेको छ । युभेन्टस म्याथ्थिज डि लेग्टसँग डोनीलाई रियुनाइटेड गर्ने योजनामा छ । डोनीले यो सिजन ३७ खेलमा १० गोल गर्नुका साथै ११ असिस्ट दिएका छन् ।hamrokhelkud/from



