कला

इरफानलाई पिताले भन्थे, ‘पठानको परिवारमा जन्मेको ब्राह्मण’

इरफान खानको परिचय बलीउड देखी हलीउडसम्म रहेको छ । उनि पछिल्ला केहि बर्षयता सुपरस्टारडम हासिल गर्न कामयाबी रहेका थिए । बहुमुखी प्रतिभामा धनी इरफान लीकबाट बाहिर रहेर चल्ने मानिस मध्ये एक हुन् । सायद यहि कारण उनि पठान परिवारका भएर पनि शुद्द शाकाहारी थिए ।

इरफानको पूरा नाम साहबजादे इरफान अली खान हो । उनको जन्म एक पठान मुस्लिम ​परिवारमा भएको थियो । उनका पिताको नाम जागीरदार खान हो । उनि टायरको व्यापार गर्थे । इरफानले पठान मुस्लिम परिवारमा जन्म लिएर पनि कहिल्यै मासु खाएनन् । यही कारण उनका पिताले उनलाई पठान परिवारमा एक ब्राह्मण जन्मेको बताउँथे ।

इरफानका पिताले उनलाई शिकार खेल्न लैजाने गर्थे । जंगलको वातावरणले उनलाई रोमांचित गर्थ्यो तर जनावरको शिकार भएको समयमा भने उनलाई जंगल मन पर्दैनथियो । इरफानले राइफल चलाउन जानेका थिए तर उनले शिकार कहिल्यै खेलेनन् ।filmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button