खबरमूल खबर

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

काठमाडौँ – विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा यो वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने तय गरिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर यो वर्ष दिवसका अवसरमा सार्वजनिक रुपमा औपचारिक कार्यक्रम नभए पनि प्रेस स्वतन्त्रताका विषयलाई लिएर डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन–प्रसारणमार्फत विविध कार्यक्रमको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन लागेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता’ शिर्षकमा आइतबार दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गर्दैछ ।

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button