मूल खबर

मेचीनगरपालिकालेनै ग¥यो लकडाउनको उल्लघंन

मेचीनगर । लकडाउनको समयमा राहत लिन आएका नागरिकलाई वितरण गर्ने भनिएको राहत वितरण कार्यलाई व्यवस्थित गर्न नसक्दा मेचीनगर नगरपालिका कार्यालयमा आज राहत लिनेको भीडनै लागेको थियो ।
मेचीनगर नगरपालिकाले आपतकालीन राहत वितरण गर्ने निर्णय अनुसार गरिब र बिपन्न परिवारका सदस्यहरु कार्यालयमा भेला गराएको थियो। स्वयम् मेचीनगरपालिकालेनै नागरिकहरुलाई लकडाउनको समयमा भीडभाड नगर्नू भनेर पटकपटक सूचना जारी गरिरहँदा आफैले बाँड्ने राहत वितरण कार्यक्रमलाई ब्यवस्थित गर्न नसकेर नगरपालिकालेनै लकडाउनको नियमको ठाडो उल्लघंन गरेको देखिन्छ ।लकडाउनको समयमा आपतकालिन राहत वितरण कार्यलाई केन्द्रिकृत गर्दा यो समस्या निम्तिएको थियो ।

राहतलाई वडास्तरबाटै वितरण गर्न सकेको भए स्वभावैले राहत लिन आउनेको भीडलाई ब्यवस्थित गर्न सकिने अवस्था हुदाहुदै नगरपालिकाले केन्द्रीकृत रुपमानै राहत वितरण गर्ने कार्य गरेकाले राहत लिन आउनेको भीड अब्यवस्थित बन्न पुगेको देखिन्छ । मेचीनगरपालिकाले आज कार्यालयमानै राहत लिन भेला गराएर चामल वितरण गरेको थियो । राहतका लागि निवेदन दिएका परिवारलाई प्रतिपरिवार १० केजीका दरले चामल वितरण गरिएको बुझिएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानिय सरकारको रुपमा रहेको मेचीनगरपालिकाले नागरिकलाई एकतिर अनाबाश्यक रुपमा घरबाट बाहिर ननिस्कन र भीडभाड नगर्न भनेर सूचना जारी गर्नु र स्वयम् जिम्मेवार निकायले भने राहत वितरणलाई ब्यवस्थित गर्न नसकेर भीड जम्मा गराउनु कति जिम्मेवारपन हो यो आफैमा प्रश्न समेत बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button