खबर

विदेशमा रहेका नेपाली ल्याउने तयारी

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय उडान बन्द रहेकाले उनीहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, ‘‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ । ’’  गोरखापत्र दैनिकमा सीता शर्माले लखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button