खबर

कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे

कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको  राजधानी दैनिकमा खबर   छ ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो ।

तर, राज्यविरुद्धको अपराध, युद्ध अपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दामा कैद काटिरहेकाको कैद छुट हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button