स्वास्थ्य

उपत्यकामै संक्रमण फैलनसक्नेप्रति बेवास्ता

काठमाडौं – उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ ।

सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।

विभिन्न संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा उपकरण अबलम्बन नगरी वितरण गरिएको, ठूला तरकारी बजारमा भीडभाड तथा सुरक्षा अबलम्बन नगरिएको, पुरानो बसपार्क, बसन्तपुर, तिलगंगालगायत क्षेत्रमा सयौं मानिस दुरी कायम नगरी बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार गरिब, विपन्नलगायतलाई संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा संवेदनशीलता अवस्थाबारे निरीक्षणपछि केही ठाउँमा लापरबाही गरेको पाइएको जनाएको छ ।  राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button