
एजेन्सी – लिग वानका गोल्डेन बुट विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले मोनाकोका विसम बेन याडेरसँग ट्रफी सेयर गर्नु पर्ने धारणा राखेका छन् । दुवैले लिग वानमा यो सिजन समान १८ गोल गरेका थिए ।
कोरोना भाइरसका कारण लिग वान लगायत विश्वका अधिकांश लिग स्थगित भएका थिए । लिग वानलाई त्यहि अन्त्य गर्दै पिएसजीलाई विजेता घोषित गरिएको थियो । तर समान गोल गर्नका बाबजुद एमबाप्पलाई गोल्डन बुटको विजेता घोषणा गरिएको थियो । एमबाप्पेलाई गोल्डन बुट प्रदान गर्नुको कारण उनले ओपन प्लेमा गरेको गोल संख्यालाई मानिएको छ । जबकी बेन याडेरले पेनाल्टीबाट ३ गोल गरेका थिए ।
एमबाप्पले ट्विट गर्दै बेन याडेर पनि उपाधिको हकदार भएको उल्लेख गर्दै गत सिजन प्रिमियर लिगको उदाहरण प्रस्तुत गरेका थिए । प्रिमियर लिगमा गत सिजन मोहम्मद सलाह, साडियो माने र पिएर इम्रिक औबामेयाङले संयुक्त रुपमा गोल्डन बुट अवार्ड जितेका थिए । उनीहरुले समान २२ गोल गरेका थिए ।
एमबाप्पेले ट्विट गरेका छन्, ‘सन्देशका लागि सबैलाई धन्यवाद छ । मलाई लाग्छ विसम पनि यो उपाधिका हकदार थिए । प्रिमियर लिगमा गत सिजन त्यस्तै भएको थियो । ‘
एमबाप्पेको ट्विटमा प्रतिक्रिया दिने क्रममा बेन याडेरले भनेका छन्, ‘धन्यवाद साथी । अनि तिमिलाई बधाई छ । यदि तिमिले चाह्यौं भने हामीले पालै पालो लिन सक्छौं । ‘
मार्चमा लिग वान स्थगित हुँदा दोस्रो स्थानको मार्से भन्दा पिएसजी १२ अंकले अगाडि रहेको थियो । त्यसैका आधारमा पिएसजी च्याम्पियन घोषित भएको थियो ।hamrokhelkud/from



