खबर

निर्माण सामग्री ढुवानीमा अवरोधै अवरोध

काठमाडौं – निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

असारभित्रै सम्पन्न हुने लक्ष्य लिएका दर्जनौँ जलविद्युत् आयोजनाको काम बन्दाबन्दीका बेला पूर्ण रूपले ठप्प भएपछि जलविद्युत् प्रवद्र्धकले आन्तरिक ढुवानीे व्यवस्था मिलाइदिन सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

जलविद्युत्मा निजी क्षेत्रका प्रवद्र्धकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, बन्दाबन्दीका बेला सङ्घीय सरकारले भारतमा रोकिएका मालवाहक सवारीसाधन नेपाल भित्र्याउन कोसिस गरे पनि देशभित्रैका प्रदेश सरकार र स्थानीय तह भने जलविद्युत् आयोजनाका लागि चाहिने अत्यावश्यक सामान तथा कच्चा पदार्थ ढुवानीमा बाधा पु¥याइरहेका छन् ।

तेस्रो मुलुक तथा भारतबाट आयात गर्नुपर्ने उपकरण ल्याउन नसक्दा अधिकांश जलविद्युत् आयोजनाका काम प्रभावित भइरहेका बेला नेपालभित्रै पाउने सिमेन्ट, छड, गिट्टी, ढुङ्गा, बालुवाको ढुवानीमा समेत सरकारपिच्छे रोक लगाइँदा आउँदो असारसम्म सम्पन्न भइसक्ने आयोजना छ महिना पर धकेलिने अवस्था आएको उनले बताए ।  गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button