स्वास्थ्य

कोभिड-१९ को संक्रमण महिलामा भन्दा पुरूषमा किन बढी?

एजेन्सी- नोभेल कोरोना भाइरसको संक्रमण तुलनात्मक रूपमा महिलामा भन्दा पुरूषमा ज्यादा देखिएको छ। र यसबाट मृत्यु हुनेको संख्या पनि महिलामा भन्दा पुरूषमा बढी देखिएको छ।

यसको बारेमा चीनमा कोरोना संक्रमण फैलिएदेखि नै विभिन्न अनुसन्धानहरू भइरहेका छन्। जर्मनी‚ दक्षिण कोरिया‚ स्पेनलगायतका ३३ देशमा गरिएको एक अध्ययनले कोभिड-१९ को जोखिम महिलामा भन्दा पुरूषमा ज्यादा रहेको कुरा प्रष्ट भएको छ। तर विशेषज्ञहरू भने यस विषयमा यो नै हो भनेर भन्न नसकिने बताउँछन्। के यो बायोलोजिकल हुनसक्ला? यस्तै प्रश्नमा अहिले विभिन्न खोजकर्ताले खोज गरिरहेका छन्।

यूनिभर्सिटी कलेज अफ लन्डनमातहतको इन्डिपेन्डेन्ट हेल्थ इक्विटी रिसर्च अर्गनाइजेसनको ग्लोबल हेल्थ ५०/५०ले गरेको एक अध्ययनले महिलाभन्दा पुरूषमा बढी संक्रमण देखाएको छ। ‘सामान्य रूपमा हेर्दा पनि महिलाको भन्दा पुरूषको मृत्युदर बढी देखिएको छ।’ अक्सफोर्ड विश्वविद्यालयकी डेमोग्राफी एन्ड पपुलेसन हेल्थकी प्रोफेसर जेनिफर डाउडले भनिन्।

स्वास्थ्य क्षेत्रमा यस्तो तालिका कुनै नौलो विषय होइन। ‘पुरूषमा भन्दा महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ। त्यसैले यस्ता किसिमका संक्रमणको जोखिम महिलामा भन्दा पुरूषमा ज्यादा हुन्छ।’ डाउडले भनिन्‚ ‘सामान्यतया महिलाको शरीरमा पुरूषको तुलनामा भइरल इन्भेडर्स र ब्याक्टेरियाहरूलाई नष्ट गर्न सक्ने क्षमता बढी हुन्छ। र भ्याक्सिनले पनि पुरूषमा भन्दा ज्यादा प्रभाव महिलामा देखाउने गर्छ।’

‘यसको बारेमा जान्नका लागि हाम्रो शरीरमा भएको हर्मोन र जेनेटिक्सको बारेमा जान्नुपर्ने हुन्छ‚’ जोन्स हप्किन्स विश्वविद्यालयकी माइक्रोबायोलोजी तथा इम्युनोलोजीकी प्राध्यापक साब्रा क्लेन भन्छिन्‚ ‘मानव शरीरले कसरी रोगहरूसँग लड्न सक्छ भन्ने विषयमा हर्मोनको ठूलो भूमिका हुन्छ।’

‘रोगसँग लड्नका लागि मानव शरीरको सेक्स क्रोमोजोमले पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ। प्रायः पुरूषहरूमा जन्मदेखि नै एउटामात्र एक्स क्रोमोजोम हुनेगर्छ। तर त्यही रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउन सहयोग गर्ने क्रोमोजोम पुरूषको तुलनामा धेरै अर्थात प्रायः महिलामा दुईवटा क्रोमोजोम हुने गर्छ।’ क्लेनले भनिन्।swsthyakhabarpatrika/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button