खेलकुद

सिरी ‘ए’ जुन दोस्रो सातादेखि गर्ने तयारी

एजेन्सी – इटालियन सिरी ‘ए’ आगमी जुन दोस्रो सातादेखि पुनः सुरु गर्ने तयारी गरिएको छ । इटालियन सरकारले अनुमति दिएको खण्डमा लिग आयोजकले सिरी ‘ए’ १३ जुनबाट सुरु गर्ने तयारी गरिएको हो ।

लिग आयोजकको भिडियो कन्फ्रेन्समार्फतको बैठकले सरकारले अनुमति र मेडिकल प्रोटोकलका आधारमा जुन दोस्रो सातादेखि सिरी ‘ए’ पुनः सुरु गराउन सकिने बारे योजना अघि सारेको हो । सिरी ‘ए’ हुने सम्भावना रहेपछि इटलीका शीर्ष डिभिजनका क्लबहरुले मे पहिलो सातादेखि अभ्यासमा फर्किदा खेलाडीहरु व्यक्तिगत अभ्यास गरिहरेका छन् ।

क्लबहरुको आउदो सोमबादेखि सामुहिक अभ्यास थाल्ने बताइएको छ । गत हप्तामात्र फियोरेन्टिनाका खेलाडी तथा तीन स्टाफलाई तथा टोरिनोका खेलाडीमा समेत कोरोनाको संक्रमण देखिएको थियो । इटली कोरोनाबाट बढी प्रभावित हुने राष्ट्रमा पर्दछ । कोरोनाकै कारण धेरै खेलाडी समेत प्रभावित बनेका थिए ।

सिरी ‘ए’ गत मार्चको दोस्रो सातादेखि स्थगित भएको थियो । लिगमा अझै १२ चरणको खेल खेल्न बाँकी रहेको छ । सिरी ‘ए’ को २६ चरणको खेल सकिदा युभेन्टस ६३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ । युभेन्टस लगातार नवौंपटक सिरी ‘ए’ को उपाधि जित्ने अभियानमा छ ।

तर, इटली सरकारले अब कुनैपनि एक खेलाडीलाई कोरोना पुष्टि भएमा पुरै टिम नै दुई साताको लागि क्वारेन्टिनमा जानुपर्ने निर्देशन दिएपछि सिरी ‘ए’ रद्ध हुने खतरा बढेको छ ।
इटलीको स्वास्थ्य मन्त्रीले यदि एक खेलाडी वा स्टाफलाई संक्रमण देखिएमा पुरै टिम क्वारेन्टिनमा बस्नुपर्ने यदि त्यसो नभएमा पुरै सिजन रद्ध गरिने बताएका थिए । तर, यसबारे इटली सरकारले निर्णय गर्न बाँकी छ । सिरी ‘ए’ पुनः सञ्चालन गर्नका लागि इटली सरकारले यसअघि पनि अवस्था सामान्य नहुँदासम्म सम्भव नहुने बताएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button