खबरमूल खबरस्वास्थ्य

सांसद अतहर आक्रोशित: सरकारले किन बेवास्ता गरेको हो ?

जेठ १/ कपिलवस्तु कोरोना भाइरसले पछिल्लो चरणमा कपिलवस्तु जिल्लालाई सवैभन्दा धेरै प्रभाववित गरेपछि त्यहाँका जनप्रतिनिधि सरकारप्रति आक्रोशित बनेका छन् । कपिलवस्तुमा ४० जनामा संक्रमण भईसक्दा पनि संघीय सरकार तथा प्रदेश सरकारले आईशोलेशन र पिसीआर टेष्टको व्यवस्था नगरेको भन्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद अतहर कमाल मुसलमानले आक्रोश व्यक्त गरेका हुन् ।

सांसद मुसलमानले अहिले सम्म एउटा पनि संक्रमण नदेखिएको मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित जिल्ला दाङमा आइशोलेशन र पिसीआर टेष्ट गरिएको तर संक्रमण फैलिएर महामारीको रुप लिईसकेको कपिलवस्तुलाई वेवास्ता गरेको उनले आरोप समेत लगाए ।

भारतबाट लुकिछिपी आएका नागरिकहरु पाहाडी जिल्ला प्रवेश गर्न समेत कपिलवस्तुको बाटो प्रयोग गर्ने गरेको बताउदै उनले नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत कोरोनाको संक्रमण देखिए पनि ठूलो संख्यामा परिक्षण हुन नसकेको बताए ।

उनले भने, अर्घखाँची, प्यूठान, पाल्पा लगायतका पाहाडी जिल्लामा कपिलवस्तु हुँदै भारतमा कामगर्ने नेपालीहरु भित्रिरहेका छन् । अहिले सम्म आईशोलेशन छेन, पिसीआर टेष्ट गर्न थालिएको छैन । मुख्यमन्त्री र स्वास्थ्यमन्त्री सरकार बचाउने खेलमा लागेका छन् ।

जनतालाई कसले बचाउँछ ?’ सांसद कमालले सरकारले व्यवस्था गरेको क्वारेन्टिनको हालत समेत दयालाग्दो रहेको बताए ।  काँग्रेस सांसद मुसलमानले कपिलवस्तुको क्वारेन्टीनमा ४ देखी ५ हजार नागरिक रहेको ।

खानपानको राम्रो व्यवस्था नभएको, घरबाट आफन्तले खाना पुर्याउन जाने गरेको, शारिरिक दुरी कायम नभएको र यस्तो अवस्थामा पनि संघीय र प्रदेश सरकारले उचित व्यवस्था नगरेको बताए ।

‘प्रशासनले बाटो छेक्ने बाहेकको काम गरेको छैन, कपिलवस्तुमाआईशोलेशन वार्ड  स्थापना र पिसीआर टेष्ट कहिले गर्ने ? सांसद मुसलमानले भने, ‘यही अवस्था हो भने कपिलवस्तुमा महामारी फैलिन्छ, अनि यो जिल्लाका नागरिकहरुलाई मरुन भनेर छाडिदिएको हो ?’

तस्वीर शौजन्य-अनलाईनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button