स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

ललितपुर।

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जनाएका छन् ।

सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै देवकोटाले संक्रमितमध्ये २९८ जना पुरुष र ५९ महिला रहेको बताएका छन् ।

बाँकेमा ४६ पुरुष र एक महिला, मोरङमा एक पुरुष, भैरहवामा गुल्मीका ४१ वर्षीय पुरुष र धुलिखेल अस्पतालमा रहेका चारजनामध्ये धनुषाका, रौतहट, दाङ र धादिङका एक रएक जना पुरुष नयाँ संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button