
झापा । नेपाली साहित्य आकाशका उज्जल नक्षत्र आदिकवि भानुभक्त आचार्यको स्मरणमा मेचीनगरमा पार्क निमार्ण हुने भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ र ७ मा रहेको सतिघट्टा चिया बगानबाट मेचीनदी तर्फ जाने मार्ग छेउमा पार्क निमार्ण हुन लागेको बताईएको छ ।
आदिकवि भानुभक्त आचार्य पार्क निमार्ण समितिका अध्यक्ष राजकुमार पराजुलीका अनुसार मेचीनगर ६ र ७ को सीमानामा रहेको ओइलानी जमिनमा सो पार्क निमार्ण हुन लागेको उनले बताए । अहिले उक्त क्षेत्रमा पर्खाल लगाउने कार्य शुरु गरिएको पराजुलीले बताए ।

मेचीनगरनगरपालिकाले तत्काल पार्कको पर्खाल निमार्णका लागि करिब ९ लाख रुपैयाँ बजेट छुट्याएको र सम्बन्धि वडाहरुले समेत आगाामी दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेको उनले बताए । प्रदेश सरकारको तर्फबाट स्थानिय प्रदेश सदस्य श्रीप्रसाद मैनालीले समेत पार्क निमार्णका लागि आफ्नो र प्रदेश नं १ सरकारको तर्फबाट सहयोग हुने आश्वासन दिएको पराजुलीले बताए ।
पार्क क्षेत्रको पर्खाल निमार्ण पश्चात कवि आचार्यकासँग सम्बन्धित विषयहरुको खोजी गरि अध्ययन केन्द्र लगायतका विविध पक्षहरुलाई समेत पार्क भित्र समेट्ने उद्देश्य राखेको निमार्ण समितिका अध्यक्ष पराजुलीले चौतारी पोष्ट अनलाइनलाई बताए ।




