
झापा । कोरोना भाइरस संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि झापार्कोबिर्तामोड नगर क्षेत्र बिहीवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको समेत बिर्तामोड नगरका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार औषधि र कृषिजन्य वस्तुको व्यवसाय खुला गरेर बाँकी सबै किसिमका व्यवसाय बन्द गर्ने निर्णय भएको छ। बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाका बन्द गरेपछि यस क्षेत्रमा कोरोना भाइरसको संक्रमण जोखिम कम हुने बताईएको छ ।



