ललितपुर । पछिल्लो कोरोना परीक्षणमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ यस सगैनेपालमा सङ्क्रमित सङ्ख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी गराएकाछन्।
त्यसैगरी, थप सात जना निको भएर घर फर्केका छन् । आइसोलेसनमा ५१३ जना बसेको डा देबकोटाले बताए । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ४२ वटा जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



